मिशन दहेज मुक्त समाजद्वारा महोत्तरीमा समिति विस्तार



धर्मेन्द्र कुमार यादव
कार्तिक ४ सोमवार
मिशन दहेज मुक्त समाजले महोत्तरीमा आफ्नो समिति विस्तार गरेको छ ।
शनिवार दिउँसो बसेको संस्थाको साधारण सभाले दहेज मुक्त समाज बनाउने उद्देश्यले प्रदेश न. २ को महोत्तरी जिल्लामा समिति विस्तार गरेको हो ।
मो. हबिब राईनको अध्यक्षता तथा प्रदेश न.२ का अध्यक्ष अब्दुल जब्बार नूरीको प्रमुख अतिथ्यमा बसेको उक्त सभाले सर्व(सम्मतिले मो. हारुन राईनलाई जिल्ला महोत्तरीको तदर्थ समितिका अध्यक्ष पदमा चयन गरेको छ ।


भने सञ्चालक समितीमा ११ जना सदस्य चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथि अब्दुल जब्बार नुरी, विशिष्ठ अतिथिहरू प्रादेसिक महा(सचिव ईद मोहम्मद साफी (जानी), प्रादेशिक कोषाध्यक्षमा शबनम खातुन तथा समाजवादी पार्टीका नेता मोजिम राईन लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button