तलब नपाएका शिक्षकले गरे सबैला नगरपालिकामा तालाबन्दी



प्रदेश संबाददाता
कार्तिक ३
लामो समयदेखि तलब नपाएको भन्दै धनुषाको सबैला नगरपालिकाका शिक्षकहरुले नगरपालिकामा ताला लगाएका छन् । आफुहरुले पाउनुपर्ने पारीश्रमिककालागि पटक पटक पहल गर्दा पनि नगरपालिकाले उपलब्ध नगराएपछि शिक्षकहरुले नगरपालिकामा ताला लगाएका हुन् ।
बिगत ५ महिनादेखि नगरपालिकाले तलब उपलब्ध नगराएपछि बाध्य भएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको सरस्वती माध्यमिक बिद्यालयका शिक्षक अरुण ठाकुरले बताए । दशैं जस्तो पर्वमा समेध तलब निकासा नगर्दा आफुहरु समस्यामा परेको उनीहरुको भनाई छ ।
तलब उपलब्ध नगराएसम्म नगरपालिकाको कार्यालयमा तालाबन्दी जारी राख्ने शिक्षकहरुको भनाई छ । तलब निकासा हुन नसकेको कारण बुझ्न नगरपालिकाका मेयर विजयशंकर साहसंग सम्पर्कको प्रयास गरेपनि उनी सम्पर्कमा आएनन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button