चोरी भएको कम्पुटरको सिपियु फेला पर्याे



बर्दिवास कार्तिक १
महोत्तरीको बर्दिबास नगरपालिका ९ मा रहेको श्री राष्ट्रिय मा वि पशुपतिनाथ बनरझुल्ला बिद्यालयमा बुधवार कम्प्युटरको सिपियु, १५ थान १ थान प्रोजेक्टर र ३ थान राउटर चोरी भएकोमा शुक्रवार बिहान महोत्तरीको भंगहा ४ को बाटो नजिकको खेतमा चोरले लुकाई राखेको अवस्थामा १२ थान कम्पुटरको सिपियु र महोत्तरीको बर्दिवास नगरपालिका ७ बाट शुक्रवार दिउसो ३ थान कम्पुटरको सिपियु बर्दिवास प्रहरीले फेला पारेको छ ।
बन्द रहेको विद्यालयको कोठामा बुधवार मध्य रातमा चोरहरुल बिद्यालयको कोठाकोे ताल्चा फुटाई लाखौं मूल्य पर्नै शैक्षिक उपकरण चारी गरी लुकाई राखेको अवस्थामा सो सामाग्री प्रहरीले परेको हो । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरीरहेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button