भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाका बरामद



बर्दिवास असोज २६
दिपावली तथा छठ पर्वलाई लक्षित गरी शनिवार राती भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाका महोत्तरीको सम्सी बेसक्याम्पको सस्त्र प्रहरीले बरामद गरेको छ । तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा सिमा सुरक्षामा खटिएका सस्त्र प्रहरीले ५५ हजार बराबरको बिभिन्न किसिमका पटाका बरामद गरेको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछी पटाका ओसार पोसार गर्ने तस्करहरु पटाका छोडी भागेका थिए ।


पटाका आईतवार सम्सी भन्सार कार्यालयमा बुझाई नस्ट गरीने सस्त्र प्रहरी बेस क्याम्प सम्सीका प्रहरी निरिक्षक नबराज पुडसैनीले जानकारी दिए । भारतको बिहार राज्यसँग जोडिएको महोत्तरीको सम्सी सीमा नाकाबाट हरेक बर्ष ठुलो परिमाणमा पटका नेपाल भित्रिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button