बर्दिवासको शिश महल होटलमा उप प्रमुलाई खान दिईएको चाउमिन बासी र सडेको भेटियो



प्रदेश सम्बाददाता
बर्दिवास असोज २४
महोत्तरीको बर्दिवासमा रहेको होटल शिशमहलमा शुक्रकबार नगरको उप प्रमुखलाई खान दिएको खाजा,चाउमिन बासि र सडेको भेटिएको छ । होटलमा नगर बाल संजालको आयोजना ,सेभ द चिल्ड्रेन को आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ महोत्तरीको साझेदारीमा बालिका दिबसको अवसर पारेर गरेको बालिका संरक्षण सम्वन्धि साझा सम्वाद कार्यक्रममा बर्दिवास नगरपालिकाकी उप प्रमुख कृष्णमाया गौतमलाई खान दिएको खाजा, चाउमिन बासी तथा सडेको भेटिएको उप प्रमुख गौतमले बताईन । उनले खाजा खान लाग्दा खाजा, चाउमिन, दुर्गधित र ल्यास्स परेको भेटेपछी खाजा नखाई उप मेयर लगायत बाल बलिका र अन्य सहभागी कायक्रमबाट बाहिरीएका थिए । उप प्रमुख को संयोजकत्वमा नगरपालिकाले चाँड पर्वलाई लक्षित गरि बजार अनुगमन गरेपनी त्यसको प्रभावकारिता खासै नदेखिएको घटनाले पुष्टि गर्दछ । घटनाको बिषयमा उप प्रमुखले सत्य तथ्य छानबिन गरी दोषी ठहरीए ३ दिन भित्र कडा कारवाही गरीने बताईन ।
यसैगरि अखाद्य बस्तु विक्री गर्ने होटल शिश महलका संचालक दिपेन्द्र पराजुली राट्रिय उपभोक्ता मंन्च महोत्तरीका अध्यक्ष हुन, उनी बर्दिवास नगरपालिकाको बजार अनुगमन समितीका सदस्य पदमा समेत रहेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button