अफिसमा फेसबुक चलाउने कर्मचारीलाई तत्काल कारवाही हुन्छ मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा फेसबुक र मोबाईल फोन प्रयोग नगर्न सचेत गराएका छन्।
आइतबार काठमाडौंमाmत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई चाँडै हटाईने चेतावनी दिएका छन ।
कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीको तस्बिर आफूले संकलन गरेको प्रस्ट पारे ।
विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गरीने उल्लेख गर्दै मन्त्री भट्टराईले विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले यसका कर्मचारीहरु बढि अनुशासित हुनुपर्नेआवश्यकता औल्याए ।
भट्टराईले सेवाग्राही विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति सकारात्मक हुन नसकेको भन्दै सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरेको स्पष्ट पारे ।
६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button