मिथिला नगरपालिकाले पैदल यात्रीका लागि खानाको व्यवस्था गर्ने



ढल्केव– धनुषाको मिथिला नगरपालिकाले ढल्केवरमा पैदल यात्रीहरुका लागि खाना तथा नास्ताको व्यवस्था गर्ने भएको छ ।


मिनपाले शनिबार बिहानदेखि ढल्केवरस्थित कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्ग भएर पैदल यात्रा गरेर गन्तव्यतर्फ हिंडेका यात्रीहरुका सुविधाका लागि खाना तथा नास्ताको व्यवस्था गर्न लागिएको हो

देशमा लकडाउन लागू भएपछि अति आवश्यक बाहेक नीजि तथा सार्वजानिक सवारीसाधन चलाउन रोक लागेको छ । सवारीसाधान चल्न रोकिएपछि ज्यालादारी तथा विभिन्न कारणले देशका विभिन्न ठाउँमा रोकिएका मानिसहरु अहिले दिनहुँ सयौंको संख्यामा पैदल डिंडेर आ–आफ्नो गन्तव्यतर्फ जान मजबुर छन् ।

सरकारले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आफ्ना नागरिकलाई जोगाउन लकडाउन गरेको तीन साता बढि भईसकेको छ ।

मिथिला नगरपालिका पूर्व–पश्चिम राजमार्गमा भएको र यही मार्ग भएर पैदल यात्रीहरु आफ्नो गन्तव्यतर्फ आवतजावत गरिरहेको छ । यात्राको क्रममा बाटो पर्ने चौक तथा बजारका होटल एवं पसल पूर्णरुपमा बन्द रहेकोले उनीहरुमा खानाको समस्या भएकाले भोको पेट यात्रा गर्नु नपरोस भनेर खानानास्ताको व्यवस्था गर्न लागिएको मिनपाका उपप्रमुख तारा लामा बस्नेतले बताइन् ।

उपप्रमुख बस्नेतले पैदल यात्रीहरुलाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा सवारीसाधन उपलब्ध गराएर गन्तव्यतर्फ पु¥याउने व्यवस्थाका लागि पहल समेत गर्ने जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button