मुलुक समृद्ध बनाउन पनि सहकार्य जरुरी ,, उपप्रधान तथा रक्षामन्त्री पोखरेल



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राजपासंगको सहकार्य फलदायी भएको वताएका छन । उनले यो सहकार्य देशलाई समृद्ध बनाउन पनि हुनु पर्ने वताए । महोत्तरी बर्दिबासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महोत्तरीले प्रदेश–२ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिहरुलाई शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजपा नेपालसँग आफ्नो दलको सहकार्यले राष्ट्रियसभाको निर्वाचनमा राम्रो परिणाम आएकोमा खुशी व्यक्त गर्दै राम्रो शुरुवात भएकोमा सबैलाई बधाई समेत दिए ।
महोत्तरी जिल्लासहित प्रदेश २ को विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिती रहेको सो कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पोखरेलले यो सहकार्य लामो समयसम्म रहनुपर्नेमा जोड दिए । उनले यो सहकार्य चुनावी मात्रै नभई मुलुकलाई समृद्ध र नेपालीलाई सुखी बनाउनमा पनि केन्द्रीत रहनुपर्नेमा जोड दिए । उनले राष्ट्रियसभा निर्वाचनमा दुबै दलको आवश्यकताले हाँमीबीच सहकार्य भयो, अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ बिश्वासिलो र सुदृढ बन्नु पर्दछ .”
राष्ट्रियसभामा दुवै गठबन्धनको तर्फबाट विजयी भएका सभासदहरुलाई जनताको समस्यामा केन्द्रीत भएर काम गर्न निर्देशन दिदै उनले आफुहरुबाट सक्दो सहयोग पाउने आश्वासन समेत दिए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एबम् प्रदेशसभा–२ मा बिपक्षीदलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश–२ का सहईञ्चार्ज बिश्वनाथ साह सहितका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले शुभकामना ग्रहण गर्दै आफुहरुले जनताको चाहना वमोजिम काम गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका ईञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button