ट्याक्सीको ठक्करबाट युवतीको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
ललितपुर
ललितपुरको बालकुमारी ,खरिबोट नजिकै बिहीबार बिहान ट्याक्सीको ठक्करबाट नाम थर नखुलेकी एक युवतीको ज्यान गएको छ ।


बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । ठक्कर पछी उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
मृककको सनाखत हुन नसके पछी
महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्याक्सी र चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button