तिन लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ



बर्दिवास असोज २६
सशस्त्र प्रहरीबलले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन । शाह शनिवार राती शनिबार ज७ प ३३९५ नम्बरको मोटरसाइकलमा चढी मटिहानीबाट जलेश्वर जाँदै थिए जलेश्वर जाने क्रममा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै पुगेपछी गस्तीमा खटिएका सस्त्र प्रहरी ले शंकाको आधारमा चेक जाँच गर्दा उनी पक्राउ परेको सस्त्र प्रहरी उपरीक्षक निर कृष्ण अधिकारीले जानकारी दिए । सस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरेको छ ।
पक्राउ परेका साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवारमा संलग्न रहेको र उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताईएको छ ।सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताउनुभयो ।


शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी रु तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button