महोत्तरीमा अबैध भारतीय रुपैया ४ लाख सहित एक जना पक्राउ



बर्दिवास असोज १४
महोत्तरी प्रहरीले मंगलवार बिहान भारतीय रुपैया ४ लाख सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका ६ घर भएका बर्ष ३८ का कैलाश शाह रहेका छन । कैलाश मंगलवार बिहान भारतको भिठामोड बाट महोत्तरीको जलेश्वर तिर जाँदै थिए जलेश्वरको खैरा चोकमा पुगेपछी प्रहरीको चेक जाँचमा परी उनी पक्रउ परेको महोत्तरी प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ सयको भारतीय नोट ३ लाख र २ हजारको भारतीय नोट १ लाख बरामद गरेको जनएको छ । कैलाशलाई आवश्यक अनुसन्धानकोलाग्ी राजश्व अनुसन्धान कार्यालय पथलहीया पठाईएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button