ओरेक नेपालले विपन्न दलित महिलालाई राहत उपलब्ध गराउने



ढल्केवर (धनुषा)
महिला हिंसा र महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका ओरेक नेपालको धनुषा शाखाले मिथिला नगरपालिका अन्तर्गतको विपन्न जिम्मेवार दलित महिलालाई राहत वितरण गर्न तथ्याङ्क संकलन कार्य सुरु गरेको छ ।


विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम गर्न सरकारले गरेको देश व्यापी लकडाउनबाट महिलाहरु बढी प्रभावित भएको निष्कर्षसहित उनीहरुलाई राहत उपलब्ध गराउन तथ्याङ्क संकलन थालेको हो ।

तथ्याङ्क संकलन गरिरहेको अवस्थामा भेटिएका ओरेक नेपाल शाखा कार्यालय धनुषाका मनोविमर्शकर्ता बिना कडारीले मिथिला नगरपालिकाको केही वडामा राहत वितरण गर्ने बताए । उनले मिनपाको वडा नं. २,४,६,७,९ र १० नम्बर वडामा राहत वितरण गर्ने जनाए ।

वडा नं. २ मा मिथिला नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइन, वडा नं. ४ मा बिउबिजन, वडा नं. ६ र ७ मा गर्भवति तथा सुत्केरी महिलालाई खाद्यन्न र ९ र १० नम्बर वडामा दलित तथा सीमान्तकृति महिलामध्ये घरको जिम्मेवारी सम्हालेका र एकल महिलालाई सरकारले मजदुरलाई उपलब्ध गराइरहेको एक महिनाको तलब बराबर राहत उपलब्ध गराउने मनोविमर्शकर्ता कडारीले बताइन् ।

वास्तवीक प्रभावितले राहत पाउन भन्ने उद्देश्यले स्थलगत अवलोकन गरी तथ्याङ्क संकलन कार्य भइरहेको र यो कार्य सकिन साथ उनीहरुलाई राहत उपलब्ध गराउने मनोविमर्शकर्ता कडारीले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button