पाएन्न खातुनले न्याय



घरमा कोही नभएको बेला रातको १ बजे पिडितको घरमा गई अनैतीक समबन्धको प्रस्ताव गरेको र पिडित महिलाले प्रस्ताव अस्विकार गरेर गाउँमै पँचायत गराएको निहँुमा विना अग्रिम जानकारीको प्रहरी प्रसासनको मिलोमतोमा घरमै रहेको सरसमानहरु पनि निकाल्न नदिइ डोजरले घर भत्काए
जिल्लाको भंगहा नगरपालिकामा गाउँकै मेनपावर ऐजेन्ट बद्रि ठाकुरले सम्पूर्ण परिवारलाई घरबाट निकाला गरी एकाएक डोजर चलाएर घर भत्काएपछि बैदेशिक रोजगारीमा रहेको मो। फनित शेखकी श्रीमती जाहिरा खातुन अहिले विच्लीमा परेकी छिन । घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् । उनीहरु अहिले सडकमा त्रिपालको ओत लगाएर बसिरहेका छन् ।


आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाई हुने कम्पनीमा विदेश पठाइदिने बताएपछि उनी विदेश गएका थिए । पीडित जाहिराका अनुसार पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसंग एजेन्ट ठाकुरले छलेर ८५ हजार रुपैयाँको तमसुक बनाए । त्यही पैसाको व्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम मागिरहेका थिए । जाहिराका अनुसार केहि वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव गरेका थिए । तर होहल्ला गरेपछि उनी भागेका थिए । जसको समाजमा पञ्चायत समेत भएको थियो । त्यो रिसीबी साध्नलाई समेत घर तोडेको हुन सक्ने केहि स्थानीयको भनाई
यता मेयर साहले तत्काल घरवारविहीन वियोग अवस्थामा रहेको खातुनलाई व्यक्तिगत रुपमा २ थान त्रिपाल, २ थान झुल, १ वोरा चामल, दाल, नगद ५ हजार रुपैयाँ तत्कालको लागि राहत स्वरुप उपलब्ध गराएका हुन । गत आईतबार ८ वर्षअघि गाउँका साहु बद्री ठाकुरले दिएको ऋण तिर्न नसक्दा ४५ वर्षीया जहिरा खातुनको परिवारको उडिबास भएको हो । डोजरले घर भत्काएपछि अन्नपात, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा, सबै पुरिएका थिए । मुसलिमको पर्व बकर–इदको मुखमा उनको घर भत्किएपछि उनीहरु हाल पीडामा रहेका छन् ।
छोरोलाई कमाउन विदेश पठाइदिने भन्दै आठ वर्षअघि बद्रीले जहिराका ससुरा अहमदसंग करिब ८५ हजार लिएको कपाली तमसुक बनाएका थिए । जहिराका ससुराले २०६८ भदौं १५ गते सो ऋण लिएको उल्लेख छ। अदालतमा साहुले दिएको उजुरीमा २ लाख ५५ हजार ऋण लिएको दाबी गरिएको छ ।
टालीले छाएको घरमा खातुनका ४ छोरी र २ छोरा बस्दैं आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button