जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट यस्तो आयो



एजेन्सी – बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

उनीहरुमा कोरोना संक्रमण देखिएपछि शनिबार  राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको भारतिय मिडियामा जनाइएको छ । यस्तै अभिनेता अमिताभकी पत्नी जया बच्चन र अभिषेककी पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना  रिपोर्ट  भने नेगेटिभ आएको छ ।


अमिताभका  परिवारका अन्य सदस्य साथै घरमा काम गर्ने कामदारको परीक्षण गरिएको थियो । भारतिय मिडियाका अनुसार जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । बाकीँ कर्मचारीको भने रिपोर्ट आउन बाकीँ रहेको छ ।

उनीहरुलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close