क्वारेन्टाइनमा बसेकालाई समजसेवी खड्काले एक महिना खाना खुवाउने



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको बर्दिवास नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानिय समाजसेवी तथा होटल बिनायकका सञ्चालक बिष्णु खड्काले नि ,शुल्क सहयोग स्वरुप एक महिना सम्म खाना खुवाउने भएका छन । बर्दिवास सेवा समितीको बहुउपयोगी भबनमा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेका नागरिकका लागि बसाई सहज बनाउन समजसेवी खड्काले आज सो सहयोगको घोषना गरेका हँुन । एउटै हलमा १७ शैया राखेर निर्माण गरिएको क्वारेन्टाइनमा १५ जना बस्दै आएका छन ।

नाम मात्रको यो क्वारेन्टाइनमा पोशणयुक्त खाना र खाजा तातोपानी लगायत सुरक्षित बसोवासको समेत राम्रो बयवस्था नहुँदा बसेकाहरुलाई सुरक्ष्ति हुनु भन्दा पनी अन्य रोगहरुको संक्रमणको त्रास बढन सक्ने जनगुनासो बढे पछी
क्वारेन्टाइनमा बसेकाहरुका लागि सुरक्षित बसोवास र खानपान व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सहयोग घोषना गरेको ब्यवसायी खड्काको भनाई छ । उनले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनमा बसेका १५ जनाकोलागी मास्क स्यानिटाईजर बिद्युतीय पानी तताउने उपकरण शुद्ध पिउने पानी र एक महिनाकालागी पोषणयुक्त खाना खाजा लगायतको ब्यवस्थापन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाले भारत लगायत विभिन्न देशबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण तथा निगरानी गरिरहेको छ । स्थानीय तहले संघीय सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन नदिन क्वारेन्टाइन स्थापना गरि नियन्त्रण तथा रोकथामको प्रयास गरिरहे पनी मपदण्ड अनुसार सञ्चालन नहुँदा संक्रमणको खतरा झन बढेको छ ।

हेर्नुहोस यो भिडियो क्लिप्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close