जनता लाई अधिकार चाहिए पार्टी एकताको विकल्प छैन



उप निर्वाचन २०७६ सकिएको छ, मधेषमा रा ज पा र समाजबादी पार्टी बिच एकता नभएको कारन मधेषी बाहुल्यिता रहेको भु(भागमा काग्रेस र नेकपाले बिजय हासिल गरेको छ, धेरै समय देखि पार्टी एकिकरनको कुरा चलिरहे पनी कुनै निष्कर्षमा पुग्न सकेको छैन। यता रा ज पा नेपाल सरकारमा जादैछ भन्ने पूरा मधेषमा हल्ला छ, मधेषी जनता लाई संबिधान संशोधन नगराई सरकारमा जानू कतीको उपयुक्त कुरा हो यी सबै समसमायिक बिषय बस्तुमा कुराकानी गर्नको लागि रा ज पा नेपालका केन्द्रीय सद्स्य तथा पार्टी प्रवक्ता केशव झा र महोत्तरीका युवा पत्रकार धर्मेन्द्र कुमार यादवले गरेको कुराकानीको संक्षिप्त सवाल जवाफ प्रशनस्( केशव जी तपाईंलाइ स्वागत छ मेरो प्रदेश टि भि मा।
उत्तरस्( धन्यबाद धर्मेन्द्र जी,
प्रशनस्( तपाईं को पर्टी सरकारमा जाँदै छ सुनेको छु, महन्थ ठाकुरलाइ सभामुख बनाउदै छ, के भनाइ छ तपाईं को ?
उत्तरस्( यस्तो हल्ला दुई बर्षदेखि चलेको छ, जब सम्म मधेष र मधेषीको हक हितका लागि चाहिने कुरा संविधान संसोधनको सुनिसचिता र मधेष आन्दोलनको क्रममा लगाइको झुठा मुदा फिर्ता नहुन्जेल सम्म हामी सरकारमा जादैनौ, पार्टी सरकारमा नजादा सभामुखको कुनै कुरा रहेन ।


प्रशनस्( धेरै समय देखि रा ज पा नेपाल र नेपाल समाजबादी पार्टी संग पार्टी एकिकरणको कुरा चली रहेको छ, काहा सम्म पुगेको छ एकिकरणको कुरा ?

उत्तरस्( राजपा र नेपाल समाजबादी पार्टी संग संवाद जारी छ र पार्टी एकिकरणको कुरा साकारात्मक रुपमा अगाडि बढी रहेको छ, छिटै एकता हुन्छ।

प्रशनस्( दुबै पार्टीको एकिकरन अगामी चुनाव भन्दा पहिले हुन्छ कि चैत्र मसान्त भित्र हुन्छ ?
उत्तरस्( हाम्रो हिसाबले हुने हो भने यहि महिना भित्र वा अर्को महिना सम्म हुन्छ ।

प्रशनस्( मधेषको जनता अगामी चुनाव भन्दा पहिले दुबै पार्टी एकता नगरेमा हामी अर्को शक्ति को खोजी गर्छाै यसमा के भन्नू हुन्छ ।
उत्तरस्( यदि उत्पीडित र विभेदमा पारिएका जनताहरु लाई अधिकार चाहियो भने यो एकताको विकल्प छैन तर दुवै पार्टीका केही नेता ,राज्य पक्ष ,काङ्ग्रेस र नेकपा एकता भाड्न दिन रात षड्यन्त्र गरिरहेका छन, जेसुकै होस पार्टी एकीकरण हुन्छ नै ।

प्रशनस्( यसो हो भने तपाइको पर्टीको अधिबेषन अहिले नहुने भयो हैन ?
उत्तरस्( रा ज पा को अधिवेषन जारी छ सवै जिल्लाहरूमा, अधिवेशन सकिएपछी तत्काल महाधिवेशन हुन्छ यो बिचमा एकता भयो भने दुबै पार्टी मिलेर एकता महाधिवेशन गर्छाे।

प्रशनस्( पार्टी एकताको लागि यस्तो कुन ठाउमा कुरा मिलिरहे छैन जनता जान चाहन्छ, बताई दिनुसन ?

उत्तरस्( सवै कुरा मिलिसकेको छ, समाजवादी जति छिटो सरकार बाट निस्किन्छ त्यति छिटो एकिकरन हुन्छ ।

प्रशनस्( सरकार बाट बाहिरिने हाल्ला थियो उपेन्द्र जी को तर फेरि कानुन मन्त्री बनुभयो वाहा, गौर काण्ड का डरले उपेन्द्र जी सरकार छोडिरहे छैन, तपाइ कसरी भनु हुन्छ बाहिरिदै छ ?
उत्तरस्( हल्लाको भरमा पार्टी चल्न सक्दैन, उहाँहरुले रणनीति अनुसार काम गर्नु भएको छ, सरकार बाट छिटै निस्किनु हुन्छ।
प्रशनस्( धन्यबाद केसव जी मेरो प्रदेश टि भि लाई समय दिएर संवाद गर्नु भएकोमा, अन्तमा यस टि भि मार्फत के भन्न चाहनु हुन्छ मधेषी जनता लाई ?
उत्तरस्( मधेषी, महिला, दलित, उत्पिडित सबैको साझा माग लिएर हामि अगाडि बढ्दै छौ, बिगतमा भएका सम्झौताहरु लगायत अब हुने सम्झौता हरुमाथी विशेष ध्यान राखी अगडी बढ्दै छु, मधेशी जनतालाइ भगवानले कल्यान गरोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close