भारतमा बस दुर्घटना , ५४ यात्रुको ज्यान गयो



एजेन्सी-


भारतको मध्यप्रदेशस्थित सिधीमा मंगलबार बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ। सिधीस्थित रामपुर नैकिन थाना इलाकामा बिहान ५४ यात्रु बोकेको बस नगरहमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

जसमध्ये ४७ जनाको मृत्यु भएको हो भने ७ जना बाँच्न सफल भएका छन् । बसका चालकले पनि पौडेर ज्यान जोगाएका छन्।मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौ्हानले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।२२ फिट गहिरो नहरमा बस खसेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button