भारतमा बालिकालाई करणी गरी गर्भवती बनाएका सर लाई फाँसीको सजाय



एजेन्सी


भारतमा एक बालिकालाई बलात्कार गरी गर्भवती बनाउने प्रधानाध्यापकलाई फाँसीको सजाय सुनाइएको छ ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको भन्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

भारतको बिहार राज्यको राजधानी पट्नामा रहेको विद्यालयमा पढ्ने सो बालिकामाथि प्रधानाध्यापक अरविन्द कुमारले बलात्कार गरेका थिए।

बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना सार्वजनिक भएको थियो। बालिकाले आफ्नी आमालाई पेट दुखेको बताएपछि अस्पतालमा उनी गर्भवती भएको पत्ता लागेको थियो।

त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि बलात्कार गरेको खुलासा गरेकी थिइन्।
प्रधानाध्यापकलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ।
यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ।

यो घटना झन्डै तीन वर्ष अगाडिको हो। अ

दालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ।
पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button