भारतको कुस्तीकेन्द्रमा गोली प्रहार गरि ५ जनाको हत्या



एजेन्सी


भारतको हरियाणास्थित रोहतकमा शुक्रबार राति गोली हानेर ५ जनाको हत्या गरिएको छ।

स्थानीय एक निजी कलेजनजिक रहेको कुस्ती केन्द्रमा गोलाबारीमा  ५ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएको भारती भारती सञ्चारमाध्यमले जनाएको छ । अन्य  २ जनाको अवस्था गम्भीर छ ।


रोहतक रेन्जका आईजी सन्दीप खिरवारका अनुसार फरेन्सिक विशेषज्ञ र प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेका छन् । प्रहरी अधिकारीका अनुसार मृतकमा एक जना कुस्ती प्रशिक्षक पनि छन् ।

अधिकारीका अनुसार घाइतेमा ३ वर्षका बच्चासमेत छन्। प्रारम्भिक अनुसन्धानअनुसार कुस्ती केन्द्रमा एक प्रशिक्षकले गोली हान्न सुरु गरेको पत्ता लागेको छ। तर यसको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

उनका अनुसार कुस्ती प्रशिक्षकबीचको दुश्मनीले घटना भएको हुन सक्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button