चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणमा मंसिर १४ गते नेपाल आउँदै



चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने नेपाल भ्रमणमा यहीं मंसिर १४ गते नेपाल आउने भएका छन् ।


परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सुमधुर सम्बन्धको ६५औं वर्षकाे अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा छलफल हुने श्राेतकाे भनाइ छ ।

भ्रमणका क्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button