भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन




एजेन्सी–भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको बिहीबार दिल्लीमा निधन भएको उनका छोरा चिराग पासवानले जानकारी दिएका छन्। उनी वर्तमान नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्मा उपभोक्ता मामिला मन्त्री थिए।

बिहारको खगडिया जिल्लामा एक दलित परिवारमा जन्मिएका पासवानले सन् १९६९ मा बिहारको प्रशासनिक सेवा परीक्षा पास गरेर प्रहरीमा डिएसपी बनेका थिए। सोही वर्ष संयुक्त सोसलिस्ट पार्टीको टिकटमा विधानसभा निर्वाचनमा जित हासिल गरेपछि उनी राजनीतिमा प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button