बेल्जियमको फराकिलो जित



एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५–१ गोल अन्तरले हराएको हो । 


घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । उता आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे । 

खेलको १० औँ मिनेटमा आइसल्यान्डका लागि हेल्ब्रेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा एक्सेलले बेल्जियमका लागि बराबरी गोल फर्काए । १७ औँ मिनेटमा डेरिसले गोल गर्दै बेल्जियमको अग्रता २–१ गोलको बनाए । 

पहिलो हाफमा दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । बेल्जियमका लागि खेलको ५० औँ मिनेटमा डेरिसले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा बात्सुयाले व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि चौथो गोल गरे । 

७९ औँ मिनेटमा बेल्जियमका लागि डोकुले गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । जितसँगै बेल्जियम दुई खेलबाट ६ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । पराजित आइसल्यान्ड चौथो स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button