विश्वको २ करोड १३ लाख ४५ हजार जनसंख्यामा कोरोना पुष्टि



सङ्क्रमित भएकामध्ये १ करोड ४१ लाख ३९ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ करोड ४१ लाख ३९ हजार ४ सय ६७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । ७ लाख ६३ हजार एकसय ३४ जनाको भने मृत्यु भएको छ ।


युरोपेली देशमा एकपटक पुनः कोरोना संक्रमण बढिरहेको छ । फ्रान्समा लगातार तेस्रो दिन २५ सय भन्दा बढी संक्रमित भेटिएका छन् ।

अष्ट्रेलियामा संक्रमणको दोस्रो लहर देखिएको छ । त्यहाँ एकैदिनमा ३३० संक्रमित देखिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button