भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा , अवस्था स्थिर



मेरो प्रदेश सम्वाददाता


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमित मुखर्जीलाई नयाँ दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उनलाई कोमामा राखिएको अस्पताललले जनाएको छ ।
अहिले पूर्वराष्ट्रपति मुखर्जीको अवस्था भने स्थिर रहेको अस्पताललले जानकारी दिएको छ ।
कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था भने स्थिर रहेको अस्पताललले जनाएको छ ।
कोरोना संक्रमित भएपछि गएको सोमबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
८४ वर्षीय मुखर्जी सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको जानकारी गराएको थियो । उनको ब्रेन सर्जरी पनि गरिएको छ ।
मुखर्जीको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न उनका परिवारले आग्रह गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button