अमेरिका पुनः डब्लूएचओमा आबद्ध हुने आशा



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने निर्णय गरेको अमेरिकाले यसमा पुनर्विचार गर्ने आशा गरिएको छ।


डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम ग्रेब्रियसस यो संकटका बेला विश्वका मुलुकले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिँदै अमेरिका डब्लूएचओमा पुनः आबद्ध हुनेमा आफू आशावादी रहेको बताएका हुन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीनसँग मिलेको आरोप लगाउँदै आफ्नो देश डब्लूएचओबाट बाहिरिने भनेर औपचारिक पत्र पठाइसकेका छन्।

त्यसपछि अहिले डब्लूएचओको प्रतिक्रिया आएको हो।अमेरिकाले डब्लुएचओमा कुनै समस्या देखेको भए समाधानका लागि प्रयास गरिने पनि महानिर्देशक डा. टेड्रोसले बताएका छन्। यसर्थ अलग्गिनैपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button