वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनीलाइ काेराेना संक्रमित



वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । महतले हिजाे शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र आफ्नी पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन्।


उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिदैं ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको समेत फेसबुकमार्फत बताएका थिए ।

गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् । कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले  अनुराेध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button