रेस्लर जोन सेनाले शेयर गरे ऐश्वर्या बिरामी भएपछि ऐश्वर्याको तस्बिर



नयाँदिल्ली
सोसल मिडियामा नियमित शेयर गर्ने क्रममा रेस्लर तथा डब्लूडब्लूई स्टार जोन सेनाले आफ्नो इन्स्टाग्राममा बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्बिर हालै शेयर गरेका छन् ।


श्ेयर गर्ने क्रममा उनले यसबारे केही क्याप्सन लेखेका छैनन् । कोरोनाभाइरसबाट संक्रमित भएकी ऐश्वर्या राय अस्पताल भर्ना भएपछि अचानक जोन सेनाको यस्तो शेयरिङ आएको हो । ऐश्वर्या कोभिड–१९ को उपचारका लागि शनिबार मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी छन् ।

ऐश्वर्या अस्पताल भनाए भएपछि नै जोन सेनाले उनको तस्बिर पोस्ट गरेका हुन् । विश्वचर्चित रेस्लर जोन सेना बलिउडप्रति झुकाव राख्ने अमेरिकी सेलिब्रिटीको रुपमा चिनिन्छन् । जोन सेनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता इन्स्टाग्राममा उनीहरुको तस्बिर शेयर गरेका थिए ।

साथै सुशान्त सिंह राजपुत, ऋषि कपुर, इरफान खानको निधनमा पनि जोन सेनाले उनीहरुको तस्बि शेयर गरेका थिए । बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन, उनका छोरा अभिनेता अभिषेक, अभिषेककी श्रीमती तथा अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई गत साता कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । तर अमिताभकी पत्नी जया बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेभिट आएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button