बिल गेट्ससहित अमेरिकाका प्रख्यात व्यक्तिको ट्विटर ह्याक गरी मागियाे चन्दा



अबरपति व्यवसायी एलन मस्क, जेफ बेजोस, बिल गेट्सलगायत अमेरिकाका प्रख्यात् व्यक्ति एवं कम्पनीका ट्विटर अकाउन्ट ह्याक गरिएका छन्।


एउटा ठूलो संगठित साइबर हमलामा अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्वार जो बाइडन पनि परेका हुन्।

उबर र एपलजस्ता संस्थाहरू समेत साइबर हमलामा परेका छन्।

यो ह्याकलाई किङ बिटक्वाइन स्काम भनिन्छ। ह्याक गरिएका ट्विटरबाट चन्दा मागिएको छ।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्विट राख्दै मानिसलाई हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको छ।

बिल गेट्सको ट्विटरमा भनिएको छ– सबैले मलाई समाजमा फर्किन आग्रह गरिरहेका छन, अब समय आयो। तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु।’

टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको अकाउन्टमा ट्विट गरिएको छ– बिटक्वाइनमा पठाइएको पैसा एक घण्टापछि दोब्बर भएर फिर्ता हुनेछ।

बिटक्वाइनको ठेगानाको लिंकसति ट्विटमा भनिएको छ, ‘म कोभिड महामारीका कारण दान गरिरहेको छु।’

छोटो समयमा, सयौं व्यक्तिले ह्याकरहरूलाई एक लाख डलर पठाए। लक्षित गरिएको खातामा लाखौं फलोअर्स छन्।

ट्विटरले ह्याकिङको अनुसन्धान भइरहेको जनाएकाे छ। अनुसन्धान नसकिँदासम्म पासवर्ड रिसेट नहुने र टि्वट गर्न नसकिने उसले बताएकाे छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button