भारतका ग्याङस्टार विकास दुवेको यसरी भयो ‘इन्काउन्टर’



एजेन्सी, २६ असार । भारतका ग्याङस्टार विकास दुबे मारिएका छन् । उनी आज विहान प्रहरीसँगको ‘मुठभेड’ मा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजो मध्यप्रदेशको उज्जनमा पक्राउ परेका दुबे आज विहान साँढे बजेतिर मारिएको कानपुरका आइजी मोहित अग्रवालको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । उनलाई मध्य प्रदेशबाट उत्तर प्रदेश लाँदै गर्दा गाडी दुर्घटना भएको र भाग्न खोजेपछि गोली हानिएको उल्लेख छ ।

कानपुरतर्फ लैजाँदै गर्दा दुबेसहित प्रहरी चढेको गाडी पल्टिएको भनिएको छ । भारी वर्षाका कारणले गाडी पल्टिएको र उनी भाग्न खोज्दा प्रहरीले फायर गरेको दाबी गरेको छ । उक्त घटना झासी र कानपुरको बीचमा भएको हो ।


दुबे हिजो मध्य प्रदेशको उज्जेनमा बिहिबार महाकालेश्वर मन्दिरमा पक्राउ परेका थिए । प्रहरीले यसअघि उनको व्यक्तिगत बडीगार्डसहित पाँच जनालाई इन्काउन्टर गरिसकेको छ ।

गत हप्ता दुबेले कानपुरमा आठ प्रहरीको हत्या गरेका थिए । ३ जुलाईमा उनको घरमा पक्राउका लागि पुगेका प्रहरीको क्रुर तरिकाले हत्या गरेका थिए । प्रहरीले खोजका क्रममा ९ जुलाईमा दुबेलाई पक्राउ गरेको थियो ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button