सेभियाको साँघुरो जित



एजेन्सी ।


स्पेनिस ला लिगा फुटबलमा चौथो स्थानको सेभियाले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राती भएको खेलमा सेभियाले इबरमाथी १-० गोलको साँघुरो जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभियाले अग्रता लिएको थियो । दोस्रो हाफमा घरेलु टोलिलाई अग्रता दिलाउन लुकास ओकाम्पोसले गोल गरेका हुन् ।

लुकासले खेलको ५६ औं मिनेटमा गोल गरेका हुन् । उनले जेसस नाभासको पासमा खेलको एक मात्र निर्णायक गोल गर्दै सेभियालाई १-० गोलको साँघुरो जित दिलाए । यस जितसँगै सेभियाले तालिकाको चौथो स्थानमा पकड जमाएको छ । ३४ खेल खेलेको सेभियाले ६० अंक जोड्दै चौथो स्थानमा यथावत रहदा पराजित इबर समान खेलमा ३५ अंक जोड्दै १७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button