१ प्रतिशत मात्रै काेराेना संक्रमितकाे अवस्था जटिल



विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८० हजार पुग्दा मृतककाे संख्या ५ लाख २८ हजार ३ सय भन्दा बढि रहेकाे वल्र्डवोमिटर्सले  जनाएकाे छ ।


कोरोना संक्रमितमध्ये ६२ लाख ६६ हजार निको भएर घर फर्किएका छन् भने  संक्रमितमध्ये ४३ लाख ८५ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ ।

जसमध्ये ४३ लाख २६ हजार अर्थात ९९ प्रतिशत कोरोना संक्रमितको अवस्था सामान्य छ भने १ प्रतिशत मात्रै अर्थात ५८ हजार ८ सय २४ जनाको अवस्था  जटिल रहेको  छ ।

पछिल्लाे २४ घण्टामा मात्रै  विश्वभर २ लाख भन्दा धेरै कोरोनाका बिरामी थपिएका छन् । २४ घण्टाको अवधिमा ५ हजार १ सय भन्दा धेरै मानिस मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button