भारत-चीन झडपस्थल लद्दाखमै आज सहमतिका लागि तेस्रो वैठक, संसारकै चासो



एजेन्सी
काठमाडौं, १६ असार । लद्दाखको गलवान उपत्यकामा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडपपछि दुवै देश आ–आफ्नो तयारीमा रहेका समाचार आइरहेका बेला आज (मंगलबार) सीमा तनाव समाधानका लागि वार्ता हुने भएको छ ।


झडपपछि दुवै देशले थप सैन्य तयारी गरेका समाचार आइरहेका बेला भारत–चीन सीमामा जारी तनाव समाधानबारे आज दुई देशबीच कमाण्डरस्तरमा तेस्रो बैठक हुन लागेको हो । यसअघि जुन ६ मा पहिलो र जुन २२ मा दोस्रो बैठक भएका थिए ।

आज हुने तेस्रो बैठक लद्दाखको चुसुलमा बिहान साढे १० बजे शुरु हुने समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । बैठक भारतीय भूमितर्फ हुने जनाइएको छ । यसअघिका दुई बैठक चीनतर्फको भागमा भएको समाचारमा उल्लेख छ ।

आजको बैठकमा दुई पक्षबीच सीमामा भइरहेको तनाव कम गर्ने विषयमा छलफल हुनेछ । यसका लागि आज महत्वपूर्ण सहमति हुने बीबीसी हिन्दीले जनाएको छ ।

यही जुन १५ राति दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत–चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। त्यस क्रममा २० भारतीय सैनिक मारिएको थियो ।

तर चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म औपचारिक पुष्टि हुन सकेको छैन । आज हुने भनिएको भारत–चीनबीचको तेस्रो वैठकलाई विश्वले निकै चासोका साथ हेरिएको पनि समाचार एजेन्सीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close