सङ्क्रमितको संख्या एक करोड ४ लाख नाँघ्याे 



विश्वभर कोरोना भाइरसको सङ्क्रमितको संख्या एक करोड ४ लाख भन्दा बढी पुगेको छ । आज बिहानसम्म विश्वमा कोरोना सङ्क्रमितको संख्या ८ हजार ४ सय २० पुगेको छ । १ करोड ४ लाख सङ्क्रमित मध्ये मृत्यु हुनेको संख्या ५ लाख  ८ हजार नाँघेको छ ।  विश्वभरी ५६ लाख ६४ हजारभन्दा बढी निको भएर घर फर्किएका छन ।


काेराेना भाइरसबाट सर्वाधिक प्रभावित देश   अमेरिका रहेकाे छ । अमेरिकामा एक लाख २८ हजारको मृत्यु हुंदा  २६ लाख ८१ हजार सङ्क्रमित भइसकेका छन । अमेरिका पछि प्रभावित देश ब्राजिल हाे । ब्राजिलमा ५८ हजार  को मृत्यु भइसकेको छ  ।

त्यस्तै छिमेकी मुलुक   भारतमा ५ लाख ६७ हजार सङ्क्रमित संख्या पुग्दा १८ हजारको मृत्यु भएको छ । त्यस्तै   नेपालमा सङ्क्रमितकाे  संख्या १३ हजार नाघ्दा मृतककाे संख्या २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close