महामारीको खराब अवस्था आउन अझै बाँकी ः डब्लुएचओ



कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । उसले महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने बताएको  छ ।


डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले संक्रमित देशका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन नगरेमा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने भन्दै अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिनलाइ नै महामारी नियन्त्रणको कोशेढुंडा भनेका छन् ।

गेब्रेयेसोसले विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदहारण हेर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close