कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो



विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड भन्दा अधिक रहेकाे छ । जोन हप्किन्स विश्वविद्यालयले सोमबार बिहानसम्म  प्रकाशन  गरेको  तथ्यांक अनुसार विश्वभर १ करोड १ लाख १७ हजार ३ सय २६ जनामा काेराेनाका बिरामी रहेका छन् ।


सर्वाधिक काेराेनाकाे संक्रमण पुष्टि हुने देशहरूमा क्रमश संयुक्त राज्य अमेरिका,ब्राजिल,रूस र भारत रहेका छन् । ति देशहरू मध्ये अमेरिकामा   २५ लाख ४८ हजार ६ सय १७ , ब्राजिलमा १३ लाख ४४ हजार १ सय ४३, रुसमा ६ लाख ३३ हजार ५ सय ६३ र भारतमा ५ लाख २८ हजार ८ सय ५९ जनामा  संक्रमण पुष्टि भएको छ।

त्यस्तै  विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख १ हजार २ सय ८१ जनाको मृत्यु  भैसकेकाे जोन हप्किन्स विश्वविद्यालयले जनाएकाे छ ।

अमेरिकामा १ लाख २५ हजार ८ सय ३, ब्राजिलमा ५७ हजार ६ सय २२, बेलायतमा ४३ हजार ६  सय ३४, इटालीमा ३४ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ।

त्यस्तै विश्वभर ५१ लाख २३ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक छ।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ७ लाख ४६ हजार १८, अमेरिकामा ६ लाख ८५ हजार १ सय ६४, रुसमा ३ लाख ९८ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरी नेपालमा काेराेनाका बिरामीकाे संख्या  १३  हजार  नजिक रहेकाे  छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याँक अनुसार हिजाे सम्म नेपालमा  १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close