भारत–चिन सिमामा  ५ जना चिनियाँ सैनिक  सहित  ३ भारतीय सैनिकको मृत्यु 



भारतिय र चिनियाँ सैनिकबीच भएको झडपमा तिन भारतिय  सहित   ५ जना चिनिया सैनिकको मृत्यु भएको छ ।

दुबै देशको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा भारतका एक आर्मी अफिसर र दुइ जना सिपाही मारिएको भारतिय सञ्चार माध्यमले जनाएकाे छ ।


तर पाँच जना चिनिया सैनिक मारिएको भारतीय संचारमाध्यमले दावी गरेपनि आधिकारीक पुष्टि हुन बाँकी  छ । भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएकाे बताएका छन् ।

यता चिनिया सैनिकले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताए ।

उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर  झडप भएको  बताए ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच   तनाव उत्पन्न  भैरहेकाे थियाे । दुवै मुलुकले अाफ्नाे सिमा क्षेत्रमा  सैनिकको संख्या बढाएका थिए । उनीहरू बिच वार्ता पनि भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button