मनतातो नुनपानीले पनि कोरोना संक्रमणबाट जोगाउँछ



एजेन्सी
विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको औषधि पत्ता लगाउनका लागि विश्वभरका वैज्ञानिकहरु अध्ययन अनुशन्धानमा जुटिरहेका छन । कोरोना संक्रमित विरामीको उपचारका लागि अचुक औषधि प्राप्त हुन सकेको छैन ।


अहिलेको अवस्थामा प्रयोगात्मक पद्धतिमा आधारित उपचारकै भरमा कोरोना भाइरससंगको संघर्ष जारी छ । अहिले आयुर्वेदले सुझाएका केही घरेलु उपायले पनि कोरोना संक्रमणको रोकथाम गर्न सकिने आधारहरु बारे चर्चा चल्न थालेको छ ।

जस्तो कि, मनतातो नुन पानीले कुल्ला गर्दा कोरोना संक्रमण रोक्न सकिन्छ भन्ने विज्ञहरुको तर्कलाई भारतीय आयुष मन्त्रालयले औपचारिक रुपमा मान्यता दिएपछि मनतातो नुनपानीले चर्चा पाएको हो ।

हालै मन्त्रालयले एक गाइडलाईन जारी गरेको छ । जसमा, विहान, बेलुका मनतातो नुनपानीले कुल्ला गर्दा घाँटीको भित्री भाग सफा हुने र भाइरस संक्रमणबाट बचाउने उल्लेख छ । यस विषयमा ब्रिटेनको एडिनवर्ग युनिभर्सिटीका वैज्ञानिकहरुले पनि अध्ययन गरेका छन ।

वैज्ञानिकहरुका अनुसार नुन पानीले कुल्ला गर्दा कोरोना संक्रमणका लक्षणहरुलाई घटाउन सकिन्छ । यसकासाथै सक्रमणबाट मुक्त हुने अवधीलाई पनि घटाउन सकिन्छ । बेलायती वैज्ञानिकहरुले कोरोना संक्रमित ६६ जना विरामीहरुमा गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

वैज्ञानिकहरुले १२ दिनसम्म अध्ययन गरेका थिए । ति विरामीहरुलाइ गरिने अन्य उपचारसंगै मनतातो नुनपानीले कुल्ला गर्न लगाइएको थियो । १२ दिनपछि उनिहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको लक्षण धेरै कम भेटियो । जर्नल अफ ग्लोबल हेल्थमा प्रकाशित एक रिपोर्ट अनुसार पनि मनतातो नुनपानीले कुल्ला गर्दा साढे दुई दिनमा कोरोना संक्रमणको अवस्था घटेको पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button