आफ्नै भूमिमा सडक निर्माण गरेको भारतको धारणा सार्बजनिक



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ ।
लिपुलेकमा नयाँ सडक उद्घाटनपछि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएपछी भारतले औपचारिक धारणा सार्बजनिक गरेको हो ।


भारतले सडक निर्माण गरिएको भूभाग उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको आफ्नै भूभाग रहेको दाबी गरेको छ ।
भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले जारी गरेको विज्ञप्तिमा ‘९ मेइ २ हजार २० मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ति हामीलाई प्राप्त भएको छ । भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्छ । यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएका थिए । वर्तमान परियोजनाअन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको हो । ’

विज्ञप्तिमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, विदेश सचिवस्तरीय संवादको समय निर्धारण गर्ने विषय प्रतिक्रियामै र दुबै देशले कोभीड–१९ को चुनौती सामना गरेपछि छलफलको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button