युएईमा एकै दिन २२ जना नेपाली कामदारमा कोरोना सङ्क्रमण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


सयुक्त अरब इमिरेट्स (युएई) को शारजहा स्थित एक सफाइ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जस्मध्ये सङ्क्रमण हुने २२ जनै नेपाली महिला कामदार रहेको गैर आवासीय नेपाली संघ युएईका प्रतिनिधि पासाङ शेर्पाले जानकारी दिए ।
युएईको दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, पाँच जना कम्पनी क्वारेन्टाइनमा, दुई जना आफ्नै निवासको क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ लिईरहेका छन् । गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हालसम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएको र ६ जना नेपालीको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button