कोरोना भाइरस: भारतमा सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो, ६८० भन्दा बढीको मृत्यु



भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या २१ हजार ७ सय पुगेको छ।


कोभिड-१९ का कारण ६ सय ८६ जनाले ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४३ सयभन्दा बढी मानिस सङ्क्रमणबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा १४ सय वटा नयाँ सङ्क्रमणका घटना देखा परेका छन् र ३४ जनाको मृत्यु भएको छ।

 

महाराष्ट्र बढी प्रभावित

भारतमा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिएको राज्य महाराष्ट्र रहेको छ।

त्यहाँ अढाइ सय भन्दा बढीको ज्यान गएको छ भने ५ हजार ६०० भन्दा बढी सङ्क्रमित भएका छन्।

गुजरातमा २४ सय भन्दा बढी सङ्क्रमित भएका छन् भने राजधानी दिल्लीमा २२ सय भन्दा बढीमा कोभिड-१९ देखा परेको छ।

नेपालसँग सीमा जोडिएका राज्यको अवस्था

नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरू मध्ये उत्तरप्रदेशमा १५ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ।

त्यहाँ २१ जनाको मृत्यु भएको छ।

भारत

पश्चिम बङ्गालमा साढे चार सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने १५ जनाको मृत्यु भएको छ।

बिहारमा करिब डेढ सय जनामा सङ्क्रमण देखिएको छ। त्यहाँ दुई जनाको मृत्यु भएको छ।

नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा ४६ जनामा सङ्क्रमण देखिएको छ।

भारतले हाल पुष्टि भएका सङ्क्रमणमध्ये ७७ जना विदेशी रहेको पनि उल्लेख गरेको छ।

श्रोत बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button