कोरोना भाइरस: भारतले किन लकडाउन खोल्न सक्दैन?



के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ।


मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो।

त्यस दिनदेखि उसले सम्पूर्ण व्यवसाय बन्द गर्न र एक खर्बभन्दा बढी मानिसलाई घरभित्रै बस्न कडा आदेश जारी गरेको थियो। सबै हवाई, सडक र रेल प्रणाली बन्द गरिएका थिए।

कोरोनाभाइरसको पहिलो सङ्क्रमण देखिएको दुई महिना नाघ्दा अहिले भारतमा ५,००० भन्दा बढी कोभिड-१९ का बिरामी देखिएका छन् भने लगभग १५० जनाले ज्यान गुमाएका छन्।

परीक्षणको दायरा विस्तार गरिएसँगै वास्तविक तस्बिर बाहिर आइरहेको छ।

भारतका घना बस्तीमा भाइरसको सङ्क्रमण देखा पर्न थालेका छन् र सङ्क्रमणका नयाँ समूहहरू प्रत्येक दिन देखिन थालिरहेका छन्। लकडाउन हटाउँदा सहजै सङक्रमणको नयाँ लहर शुरू हुने जोखिम देखिन्छ।

कठोर लकडाउन किन?

एकदमै कठोर लकडाउनले सङ्क्रमणलाई सुस्त बनाउने निश्चित छ। भाइरससम्बन्धी विज्ञहरूले भारत अझै पनि सङ्क्रमणको सुरुवाती चरणमा रहेको बताउने गरेका छन्।

भारतसँग अझै पनि भाइरसको सङ्क्रमण दर वा कति मानिसहरू सङ्क्रमित हुन सक्छन् र कतिले सामूहिक रूपमा प्रतिरोधी क्षमता कायम गर्न सक्छन् भन्ने तथ्याङ्क नै छैन्।

औँलाबाट रगत निकालेर रक्षात्मक एन्टीबडीजको उपस्थितिबारे बिस्तारै भारतले परीक्षण गर्न थालेको छ।

भारतका ७०० जिल्लामध्ये अढाइ सयभन्दा बढीमा सङ्क्रमण देखिएका विवरण आएका छन्। विवरणहरूमा एक तिहाइ सङ्क्रमण ७ वटा राज्यमा देखिएका छन् र उनीहरूले लकडाउन बढाइयोस् भनिरहेका छन्।

परीक्षणतस्वीर कपीराइटGETTY IMAGES

छवटा राज्यमा द्रूत गतिमा विस्तार भइरहेको सङ्क्रमितहरूको समूह देखा परेका छन्। त्यसमा राजधानी दिल्लीदेखि पश्चिमको महाराष्ट्र र दक्षिणको तमिलनाडुसम्म छन्।

लकडाउनले भारतको अर्थतन्त्रलाई क्षति पुर्याउन थालिसकेको छ। सबैभन्दा बढी प्रभावित भनिएका ठाउँहरू भारतको मुख्य आर्थिक केन्द्रहरू हुन् र तिनीहरूले देशको राजश्वमा ठूलो योगदान पुर्याउँछन्।

देशको कूल राजश्व सङ्कलनको एक तिहाइ भारतको वित्तीय राजधानी मुम्बईबाट हुने गर्छ जहाँ हालसम्म ५०० वटा सङ्क्रमणका घटना देखा परिसकेका छन् र ४५ जनाको मृत्यु भइसकेको छ।Presentational white space

यस्ता छन् प्रभाव

अधिकांश सङ्क्रमणको जोखिम भनिएका केन्द्रविन्दु उत्पादनमूलक क्षेत्रका रूपमा विकास भइरहेका स्थानहरू छन्। त्यहाँ सङ्क्रमण देखिनु भनेको ती स्थानहरू लामो समयसम्म लकडाउन हुनु हो।

भारतको कुल गाह्रस्थ उत्पादनको लगभग आधा ओगट्ने सेवामूलक उद्योग केही समय बन्द हुने पक्कापक्की छ। त्यसैगरी निर्माण क्षेत्र पनि लगभग अवरूद्ध जस्तै छ।

लकडाउनपछि भारतमा बेरोजगारी २० प्रतिशतभन्दा बढीले बढेको हुनसक्ने एउटा प्रतिवेदनमा जनाइएको छ।

अर्थविद्हरूले दशौँ लाख मानिसहरूको जीवनयापनको रक्षा गर्न र देशमा खाध्य आपूर्ति सहज गर्न तत्कालको लागि सरकारले कृषिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मुम्बईतस्वीर कपीराइटGETTY IMAGES

भारतको श्रम बजारमा रहेका कूल जनशक्तिमध्ये आधा खेती गर्छन्। हिउँदे बाली काटेर बिक्री गर्ने र वर्षामा निर्भ्र गर्मीयामको खेतीका लागि वीउ छर्ने बेलामा लकडाउन देखा परेको

यतिबेला उत्पादनहरूलाई लिन ट्रकहरू खटाउनु र बजारसम्म सामान ल्याउनु पनि चूनौतीपूर्ण देखिन्छ। सरकारले पर्याप्त सामाजिक दूरी कायम गर्न र निरन्तर हात धुने अभ्यास पालना हुने कुरा सुनिश्चत गराउनुपर्नेछ।

अर्थविद् रथिन रे भन्छन् ग्रामीण भारतमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भन्ने सुनिश्चित गर्नु तत्कालको चुनौती हो।

उनले आगामी मेको शुरूदेखिको अवधिमा पूर्णरूपमा लकडाउन कायम गर्न नसकिने भन्दै त्यसपछि बिस्तारै खुल्ला गर्न थाल्नुको विकल्प नरहेको बताए।

रेको धारणामा खासै आशङ्का गर्ने ठाउँ छैन्।

तीन चुनौती

कोरोनाभाइरस नियन्त्रणसम्बन्धी एउटा सरकारी समूहका प्रमुख एसके सरिनले अत्यधिक प्रभाव नदेखिएका क्षेत्रहरूमा बिस्तारै लकडाउन खुकुलो बनाइने र सङक्रमणको केन्द्रविन्दु रहेका ठाउँहरूमा आवतजावत प्रतिबन्ध कायमै राखिने बताएका छन्।

अन्य सङ्क्रमित देशहरूले जस्तै यो बेलामा भारतले ‘कैयौँ चरणका बन्द गर्ने र खुल्ला गर्ने’ अभ्यासको तयारी गर्नुपर्ने युनिभर्सिटी अफ हङकङ्का चिकित्साशास्त्र विभागका डीन तथा सङक्रामक रोग विशेषज्ञ ग्यब्रियल लिउङ बताउँछन्।

मुम्बइ

त्यो अभ्यास भनेको ‘प्रतिबन्धहरू लागु गर्ने र खुल्ला गर्ने, अनि पुन: लागु गर्ने र खुला गर्ने’ हो। महामारीलाई नियन्त्रणमा लिन पनि सकियोस् र त्यसका कारण हुने आर्थिक र सामजिक क्षति पनि कम होस् भन्ने हिसाबमा यो कार्यान्वयन गरिने लिउङले बताए।

उनका अनुसार मानिसहरूको सामूहिक इच्छाशक्ति र सङ्क्रमणको फैलावटलाई अवरूद्ध पार्नसक्ने क्षमता देशैपिच्छे फरक हुन सक्छ।

तर सबै अवस्थामा रोगको नियन्त्रण, अर्थतन्त्रको रक्षा र समाजमा सन्तुलन कायम गर्ने तीनवटा चूनौती देखिने उनको विश्लेषण छ।

अहिलेको अवस्थामा सङ्क्रमणको दर सुस्त नभएसम्म लकडाउनलाई निरन्तरता दिइराख्नुपर्ने देखिन्छ र यो महामारीलाई व्यवस्थापन गर्न परीक्षण र स्वास्थ्य पूर्वाधारहरूलाई थप बलियो बनाउनु आवश्यक छ।

श्रोत बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button