कोरोनाबाट दक्षिण एसियामा मृत्यु हुनेको संख्या ३ सय ३६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियामा मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । यो भाइरसबाट भारतमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।


भारतमा २ सय २७ र पाकिस्तानमा ६६ जना मानिसको मृत्यु भइसकेको छ ।
बंगलादेशमा २१, अफगानिस्तानमा १५ र श्रीलंकामा ७ जनाको मृत्यु भएको छ ।

माल्दिभ्स, र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन ।

दक्षिण एसियामा संक्रमित हुनेको संख्या पनि १२ हजार नाघिसकेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button