भारतमा कोरोनाको सङ्क्रमित बढ्दै

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतमा कोरोना भाईरस कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट भारतमा १ सय ६६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतको महाराष्ट्रमा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् । भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । आज बिहानसम्म ५ हजार ७ सय ३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाइ उदृत गर्दै भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या १ हजार १ सय ३५ जना पुगेको छ । भारतमा ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् ।