भारतमा कोरोना संक्रमणबाट १ सय २४ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतमा पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्या दोब्बर भई बढेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय २४ पुगेको छ , उपचारपछि ३ सय ५२ जना निको भएका छन् ।


भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।

मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको संख्या सबैभन्दा उच्च हो । त्यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ ।

भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको शिशुले समेत ज्यान गुमाएका छन । गुजरातको जमनगर राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा ज्यान गुमाउने हरु मध्ये कोभिड १९ का कारण यी बालक भारतमा मृत्यु हुने सबैभन्दा कम उमेरका व्यक्ति हुन् ।

दिल्लीमा ५ सय ७६ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने ज्यान जानेको संख्या नौ पुगेको छ । दिल्लीमा मंगलबार दुई जनाको ज्यान गएको छ भने ३५ जना गम्भीर अवस्थाका बिरामी छन, जसलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित ४० जना नयाँ सक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या चार सय चार पुगेको छ । गुजरातमा मंगलबार तीन जनाले ज्यान गुमाएर मृतकको संख्या १६ पुगेको छ ।

महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको छ, त्यहाँ मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मृत्यु हुने १२ जनामध्ये ६ जना मुम्बईका स्थानिय रहेका छन् ।
तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म तीन सय पाँच जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । विहारमा ३२ जना संक्रमित छन् भने संक्रमणका कारण एक जनाको ज्यान गाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button