भारतमा आज ९ मिनेट दिप प्रज्वलन गरिने



 


मेरो प्रदेश सम्वाददाता
काथमाडौ

विश्वभरमै महामारीको रुपमा फैलिरहेकोे नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को जोखिम बढ्दै गएको अवस्थामा आज भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशवासीका नाममा सम्बोधन गर्दै ५ अप्रिलका दिन घरको बिजुली बत्ति बन्द गरेर दिप प्रज्वलन गर्नका लागि आग्रह गरेका थिए । सोही अनुसार आज राति ९ बजे भारतमा दिप प्रज्वलन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button