भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या नौ सय नाघ्यो



भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको सङ्ख्या नौ सय नाघेको छ । आज मात्र भारतमा १५ नयाँ सङ्क्रमित फेला परेका छन् । यसअघि हिजो १ सय ६० नयाँ सङ्क्रमित देखा परेका थिए ।


भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १ सय ७६ सङक्रमित फेला परेका छन् भने महाराष्ट्रमा सङ्क्रमितको सङ्ख्या १ सय ६२ पुगेको छ ।

अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको सङ्क्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button