चीनको सर्वहारा सांस्कृतिक क्रान्ति



चिनियाँ जनताका महान् नेता तथा विश्व सर्वहारा आन्दोलनका विशिष्ट नेता कामरेड माओ त्से तुङको पहलमा औपचारिकरूपमा सन् १९६६ मा सुरु गरिएको र त्यसको केही वर्ष पहिलेदेखि नै समाजवादी सांस्कृतिक क्रान्तिको रूपमा उहाँले सुरु गरिसक्नुभएको सर्वहारावादी क्रान्तिकारी आन्दोलन (सांस्कृतिक क्रान्ति) विश्वभरि नै हलचल ल्याएको क्रान्ति थियो । चीनमा भएको त्यस घटनाप्रति विश्वभरि नै त्यसका समर्थक र शुभेच्छुकहरूले महान् उल्लास र उमङ्गसाथ स्वागत र प्रशंसा गरे अनि विश्वभरि नै त्यसका विरोधी र आलोचकहरूले घोर निन्दा गरे । अर्थात् साँस्कृतिक क्रान्ति विश्वभरिका सबै मानिसहरूले तीव्र प्रतिक्रिया व्यक्त गरेको घटना थियो । उदाहरणको लागि, त्यस बेलाको सोभियत सङ्घका राजनेताहरूले यसलाई ‘उग्र अराजकतावादी आतङ्क’ र ‘पार्टी नेतृत्व हत्याउने रक्तपातपूर्ण आन्तरिक सङ्घर्ष’ भनी नामाङ्कन गरे, अमेरिकी शासकहरूले यसलाई ‘मानव स्वतन्त्रतामाथि तीव्र दमनको एक बर्बर गृहयुद्ध’ भन्ने प्रतिक्रिया व्यक्त गरे भने कोरियाली जनताका नेता राष्ट्रपति किम इल सङले यसलाई ‘पृथ्वीलाई थर्काउने महान् क्रान्तिकारी आन्दोलन’ भनी प्रशंसा गर्नुभयो । त्यसबेलाको त्यस प्रकारको वातावरणमा पूर्वाग्रहरहित तथा भावावेशरहित भई ठण्डा दिमागले सांस्कृतिक क्रान्तिको मूल्याङ्कन गर्न निकै कठिन थियो ।
आज दस वर्ष लामो चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको अन्त्य भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वले दस वर्ष चलेर बन्द भएको केही वर्षपछि त्यस क्रान्तिलाई सदाको लागि अन्त्य गरेको विधिवत घोषणा पनि ग¥यो । तर, चिनियाँ सांस्कृतिक क्रान्ति अन्त्य भएको दुई दशक नाघिसक्दा पनि त्यसको विश्वव्यापी प्रभाव अझै सेलाएको छैन । चिनियाँ सांस्कृतिक क्रान्तिले लिएको लक्ष्य पूरा भएन होला, यस दृष्टिले त्यो सांस्कृतिक क्रान्ति असफल भयो पनि भन्न सकिन्छ । अझ सर्वहारावादी समाजवादी सांस्कृतिक क्रान्ति चालिरहेकै अवधिमा पनि कैयौँ विकृतिहरू पनि निस्केका थिए होलान् अर्थात् सर्वहारा विचारधारा र समाजवादी सिद्धान्तविपरीतका केही घटनाहरू पनि ठाउँ–ठाउँमा घटेका होलान् । तर, विश्व सर्वहारा वर्गको अन्तर्रा्ष्ट्रिय समाजवादी आन्दोलनमा चिनियाँ सांस्कृतिक क्रान्तिको अविष्मरणीय महत्वको साथै अमिट प्रभाव परेको छ र परि नै रहनेछ ।
चिनियाँ सांस्कृतिक क्रान्तिको महत्व र उपयोगिताको मूल्याङ्कन गर्न सबभन्दा पहिले क्रान्ति भनेकै के हो, सर्वहारा सांस्कृतिक क्रान्तिको स्वरूप के हो अर्थात् यो कुन किसिमको क्रान्ति हो र समाजवादी क्रान्तिसित यसको के सम्बन्ध छ, राम्ररी बुझ्न आवश्यक छ । यस दृष्टिले हेर्दा क्रान्तिको अर्थ ‘परिवर्तन’ हो । क्रान्ति भन्नाले सामान्य जनमानसमा कुनै रक्तपातपूर्ण सङ्घर्षद्वारा सत्ता परिवर्तन हो भन्ने विश्वास छ । तर, यो धारणा गलत छ, कोतपर्व जत्तिकै रक्तपातपूर्ण भए पनि तथा यसबाट जङ्गबहादुरले सत्ता–कब्जा गरी राणाा शासन कायम गरे तापनि कोतपर्व क्रान्ति थिएन किनभने यसबाट सामन्ती शासन व्यवस्थामा कुनै परिवर्तन आएन । फेरि क्रान्ति रक्तपातपूर्ण नै हुनुपर्छ भन्ने पनि छैन । शान्तिपूर्ण होस् वा रक्तपातपूर्ण होस, आमूल परिवर्तन क्रान्ति हो । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति क्रान्ति थियो किनभने यसले फ्रान्समा सामन्ती शासन सत्ताको अन्त्य गरेर पुँजीवादी शासनसत्ता कायम ग¥यो । जर्ज वाशिङ्गटनको नेतृत्वमा भएको अमेरिकी स्वतन्त्रता आन्दोलन क्रान्ति थियो किनभने यसले औपनिवेशिक राजलाई खतम गरेर स्वदेशी शासन कायम ग¥यो । त्यसैगरी रुसको महान् अक्टोबर क्रान्ति क्रान्ति थियो, किनभने यसले जारशाहीको सामन्ती राजतन्त्र र करेन्स्कीको पुँजीवादी शासन – सत्तालाई खतम गरेर सर्वहारा वर्गको राज्यसत्ता कायम ग¥यो ।
हुन त हामीले फ्रान्सेली क्रान्ति, अमेरिकी क्रान्ति (स्वतन्त्रता आन्दोलन) र रुसको अक्टोबर क्रान्ति तीनै वटालाई क्रान्ति भन्यौँ । तर, रुसी बोल्शेविक क्रान्ति फ्रान्सेली क्रान्ति र अमेरिकी क्रान्तिभन्दा मूलभूतरूपले नै भिन्न थियो । फ्रान्सेली क्रान्तिले सामन्ती शोषण व्यवस्थालाई खतम गरेर पुँजीवादी शोषण व्यवस्था कायम ग¥यो, अमेरिकी क्रान्तिले विदेशी मालिकको औपनिवेशिक शोषणलाई अन्त्य गरेर स्वदेशी पुँजीपतिहरूको शोषण कायम ग¥यो । तर, रुसी क्रान्तिले समाजवादी व्यवस्था कायम गरेको थियो, अर्थात् सर्वहारा वर्गको शासनसत्ता अन्तर्गत शोषणविहीन व्यवस्था कायम गरेको थियो । कम्युनिष्टहरूले ल्याउन खोज्ने क्रान्ति एक प्रकारको शोषण व्यवस्थाको ठाउँमा अर्को शोषण व्यवस्था ल्याउने होइन, मानिसद्वारा मानिसको शोषण हुने व्यवस्थालाई अन्त्य गर्ने उद्देश्यले समाजवाद अनि साम्यवादको स्थापना गर्ने हो ।
कम्युनिष्टहरूको अन्तिम लक्ष्य मानव जातिको आदर्श समाज अर्थात् कम्युनिष्ट समाजको निर्माण गर्ने हो, जसको लागि समाजवादी व्यवस्था अर्थात् सर्वहारा–सत्ता स्थापना गरेर त्यस सत्ताको माध्यमबाट समाजवादको निर्माण गरी साम्यवादी समाजतिर लाग्ने हो । समाजवादी समाज भनेकै एक सङ्क्रमणकालीन समाज हो † साम्यवादतर्फ लम्कन आवश्यक सङ्क्रमणको तयारी गर्ने अवधि हो त्यसकारण समाजवादी व्यवस्था भन्नु त्यो सङ्क्रमण पूरा गर्न तयारी गर्ने अर्थात् क्रान्ति पूरा गर्ने साधन हो । यो कुरा स्पष्ट गर्न कामरेड स्तालिनको भनाइ स्मरण गर्न योग्य छ । उहाँले रुसको महान् अक्टोबर बोल्सेबिक क्रान्तिद्वारा सर्वहारा शासन–सत्ता स्थापना भएको घटनालाई ‘‘क्रान्तिको अन्त्य होइन, क्रान्तिको सुरु” भनी व्याख्या गर्नुभएको थियो, किनभने उहाँको विचारअनुसार क्रान्तिको अर्थ आमूल परिवर्तन हो । समाजवादी व्यवस्थाको स्थापना भनेको परिवर्तन कार्या्न्वित गर्ने साधन र वातावरण हो । साँच्चैको क्रान्ति त त्यसबेला पूरा हुन्छ, जब समाजवादी निर्माण पूरा गरेर साम्यवादी समाज स्थापना गरिन्छ । साम्यवादी समाजको स्थापना गर्ने कार्य हजारौँ वर्षको मानव समाजको बनौटलाई नै बदलेर पूरै नयाँ समाज निर्माण गर्ने कार्य भएको हुनाले, युगौँदेखि जरा लिएर बसेको बनोट, संरचना, शासन–यन्त्र सबलाई भत्काएर नयाँ सिर्जना गर्ने कार्य हुनाले, यसले निकै लामो सङ्क्रमणको अवधि पार गर्नुपर्दछ । समाजवादको सङ्क्रमण अवधि स्वभावतः निकै लामो हुन्छ । अझ समाज विकासको स्थिति हेरी कैयौँ ठाउँहरूमा समाजवादी क्रान्ति ल्याउनुभन्दा पहिले अर्को एउटा तयारीको चरण पार गर्नुपर्ने हुन्छ । पुँजीवादी क्रान्तिको अभिभारा पूरा भइनसकेको अर्थात् सामन्तवादी व्यवस्था कायमै रहेको वा त्यसको शोषणप्रणाली पूरा उन्मूलन भइनसकेको सामन्ती र अर्ध–सामन्ती समाजहरूमा एकैचोटि समाजवादी व्यवस्था कायम गर्ने क्रान्ति सम्पन्न गर्न सकिँदैन । त्यस्ता समाजहरूमा सर्वहारा वर्गको पार्टीले समाजवादी क्रान्ति गर्नुभन्दा पहिले सामन्तवाद विरोधी पुँजीवादी क्रान्ति वा जनताको जनवादी क्रान्ति गर्न आवश्यक हुन्छ । खास गरी अर्ध–सामन्ती र औपनिवेशिक वा अर्ध–औपनिवेशिक समाजहरूमा कम्युनिष्टहरूले गर्ने क्रान्तिको स्वरूप ‘सामन्तविरोधी प्रजातान्त्रिक क्रान्ति र साम्राज्यवाद, उपनिवेशवादविरोधी राष्ट्रिय स्वाधीनताको क्रान्ति’ (अर्थात् जनताको जनवादी क्रान्ति ) हुन्छ । जापानविरोधी कोरियाली क्रान्ति, भियतनामको फ्रान्सेली औपनिवेशिक शासनविरोधी क्रान्ति र चीनको नयाँ जनवादी क्रान्ति यसैका उदाहरण हुन् ।
नयाँ जनवादी (वा जनताको जनवादी) चरणको त कुरै छोडौँ, समाजवादी व्यवस्था स्थापना भइसकेको समाजवादी समाज पनि सङ्क्रमणको अवधि हो । त्यो अवधि एक–दुई दशक होइन, एक–दुई पुस्ता होइन, कैयौँ दशक, कैयौँ पुस्ता लाग्न सक्छ, त्यस अवधिभरि भयङ्कररूपको तीव्र वर्गसङ्घर्ष चल्दछ । शासनसत्ता कब्जा गरिसकेको सर्वहारा वर्गको राज्यसत्तालाई विश्वभरिका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको संयुक्त शक्तिले खतम पार्न निरन्तर लागिरहेका हुन्छन् । सुरुकालमा सोभियत समाजवादी गणतन्त्रलाई र चिनियाँ जनगणतन्त्रलाई तथा अहिलेसम्म पनि कोरिया र क्युवाको समजवादी व्यवस्थालाई अमेरिकी साम्राज्यवादले नाकाबन्दी र आक्रमणकारी कार्यवाहीद्वारा खतम गर्न निरन्तर प्रयत्न गरिरहेको कुरा हाम्रोसामु छर्लङ्ग छ । साम्राज्यवादीहरूले यो खुल्लमखुल्ला आक्रमणकारी कार्यको साथै भित्र घुसेर अन्तध्वंसका कार्यहरू पनि चलाइरहेका छन् । जासुसी घुसपैठ, सांस्कृतिक घुसपैठ र अतिक्रमण तथा लोभ्याउने कार्यहरूद्वारा समाजवादी व्यवस्थालाई ध्वस्त पार्न पनि उनीहरू सक्रियरूपले कार्यरत छन् । यी सबभन्दा पनि भयङ्कर दुष्मन त सर्वहारा वर्गले सत्ताच्युत गरेका पहिलेका प्रतिक्रियावादी शासक समूह र तिनका सहयोगी, मतियार र दलालहरू हुन, जो चुपचाप रही समाजवादलाई ध्वस्त गर्न खोजिरहेका हुन्छन् । समाजवादी चरणको सङ्क्रमण अवधिभरि नै सर्वहारा वर्ग, त्यस वर्गको पार्टी र राज्यसत्ताले यी वर्गीय दुष्मनहरूविरुद्ध निरन्तर वर्गसङ्घर्ष चलाइरहनुपर्दछ । ‘‘सर्वहारावर्गले राज्यसत्ता कब्जा गरी समाजवादी व्यवस्था कायम गर्नु जति गा¥हो छ, त्यस समाजवादी व्यवस्थालाई टिकाइराख्न चलाउने सङ्घर्ष हजार गुणा गा¥हो हुन्छ’’ भन्ने कामरेड लेनिनका शब्दहरू सत्तामा पुगेका कम्युनिष्ट नेताहरूले कदापि बिर्सन हुँदैन ।
समाजवादको बाटो पहिले कहिल्यै नहिँडेको नयाँ बाटो हो । त्यहाँ हिँड्न आफैँले बाटो पहिल्याउँदै जानुपर्दछ । एक पाइला गलत भयो भने चिप्लेर लडिन्छ, पर्वतारोहणमा झैँ तलसम्म खस्न पुगिन्छ । शासनसत्ता कब्जा गरिहाल्यौँ, समाजवाद स्थापना भइहाल्यो भन्ने धारणा लिएर ढुक्क भई सतर्कता त्यागियो भने समाजवादी व्यवस्था टिकाउन सकिन्न । समाजवादलाई अक्षुण्ण राख्ने सबभन्दा बलियो आधार श्रमिक जनता हुन् समाजवादी व्यवस्थाका राजनेताहरू जनताबाट अलग्गिनेबित्तिकै तानाशाह वा नोकरशाहमा परिणत हुन पुग्छन् । सबै नोकरशाही (कर्मचारीतन्त्र) मध्ये सबभन्दा भयङ्कर नोकरशाही त कम्युनिष्टबाट पथभ्रष्ट भई नोकरशाही (कर्मचारीतन्त्र) मा परिणत भएकाहरू हुन् ।
विभिन्न देशका कम्युनिष्ट आन्दोलनहरूले समाजवादी समाजको सङ्क्रमण अवधिमा सर्वहारा क्रान्तिकारी भावना र कार्य्दिशालाई अनवरत जोगाइराख्न आ–आफ्नो देशको यथार्थको अनुभवबाट गैरसर्वहारा भावना र कार्य्दिशाविरुद्ध निर्भय सङ्घर्ष गर्न उपयुक्त बाटो लिन सक्नुपर्दछ । पुरानो काम–नलाग्ने सामन्ती संस्कार औपनिवेशिक दासताबाट आएको हिनताबोध र अर्धचेतन–जातिवादी भावनाविरुद्ध क्युवाले विचारधारात्मक आन्दोलन चलाएझैँ, समाजवादी व्यवस्थाअनुरूप जनतालाई तयार पार्न प्रजग कोरियाले तीन–क्रान्ति–प्राविधिक, विचारधारात्मक र सांस्कृतिक क्रान्ति चलाएझैँ चिनियाँ जनताका महान् नेता कामरेड माओ त्से तुङले चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता औँल्याउनुभयो र सुरु पनि गर्नुभयो । यहाँनिर एउटा कुरा उल्लेख गर्नु उपयुक्त होला । कोरियाले पनि तीन क्रान्तिमध्ये एउटा आवश्यक क्रान्ति ‘‘सांस्कृतिक क्रान्ति’’ भनी नाम लिएको छ, जुन चिनियाँ सांस्कृतिक क्रान्तिभन्दा पहिले नै सुरु गरिएको थियो । तर, यो चीनको सांस्कृतिक क्रान्तिभन्दा एकदम भिन्न कुरा थियो । कोरियाको सांस्कृतिक क्रान्तिको अर्थ श्रमिक जनताको सांस्कृतिकस्तर अर्थात् शिक्षा, जीवनको रहनसहन आदि उठाउनु अर्थात् रेडियो, टीभी, फ्रीज आदि आधुनिक सभ्य–जीवनका उपकरण उपलब्ध गराउनु, अर्को शब्दमा जीवनस्तर उठाउनु थियो । तर, चीनको ‘सांस्कृतिक क्रान्ति’ को अर्थ मानिसको संस्कारमा परिवर्तन ल्याउने, नयाँ कम्युनिष्ट समाजको लागि मानिसलाई योग्य पार्ने, आम श्रमिक जनतामा पुराना वा थोत्रा प्रतिक्रियावादी संस्कारलाई हटाएर क्रान्तिकारी भावना भर्ने र उनीहरूलाई पुँजीवादी कार्य्दिशाको विरोधमा सर्वहारा क्रान्तिकारी कार्य्दिशाको निम्ति लड्ने क्रान्तिकारीको रूपमा हुर्काउने क्रान्ति हो । यस दृष्टिले चीनको सांस्कृतिक क्रान्तिको उद्देश्यसित केही हदसम्म कोरियाको विचारधारात्मक क्रान्तिको उद्देश्य मिल्दछ ।
हुन त चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विधिवत सुरुआत त सन् १९६६ मा कामरेड माओ त्से तुङद्वारा लिखित ठूला अक्षरको ‘‘पार्टी हेडक्वार्टरमाथि बम प्रहार गर’’ भन्ने पोस्टर टाँगेको र पार्टीद्वारा १४ बुँदे निर्देशन प्रसार गरेपछि भएको थियो । तर, सन् १९४९ मा कामरेड माओ त्से तुङको नेतृत्वमा चिनियाँ क्रान्तिकारीहरूले नयाँ जनवादी क्रान्ति गरी जनगणतन्त्रको स्थापना गरेदेखि नै कुनै न कुनै रूपमा माओ त्से तुङले पुँजीवादी कार्य्दिशाविरुद्ध सर्वहारा क्रान्तिको दिशा अपनाउन सांस्कृतिक क्रान्ति सञ्चालन गरिरहनुभएको थियो । चिनियाँ क्रान्तिको दुवै चरण, पहिलो – नयाँ जनवादी चरण र दोस्रो – समाजवादी चरणमा देशभित्र, खास गरी सांस्कृतिक फाँटमा (अर्थात् साहित्य, कला तथा विचारधारा प्रचारका अरू ठाउँमा) त्यस फाँटको नेतृत्व लिन सर्वहारावर्ग र पुँजीपतिवर्गबीचमा तीव्र सङ्घर्ष चलिरहेको थियो । कामरेड माओ त्से तुङले चिनियाँ जनताको सङ्घर्षको अनुभवबाट के पत्ता लगाउनुभयो भने सर्वहारावर्गले सत्ताच्युत्त गरेका वर्गहरू खास गरी पुँजीपति वर्गका प्रतिनिधिहरू सर्वहारावर्गको शासनसत्ताअन्तर्गत शासक पार्टी्भित्रै घुसेका हुन्छन् । स्तालिनको देहावसानपछि सोभियत सङ्घमा संशोधनवादको उदय र संशोधनवादीहरूद्वारा पार्टीको नेतृत्व हत्याएको घटनाले यो कुरा सिद्ध हुन्छ । तसर्थ समाजवादी व्यवस्थामा समाजवादको रक्षाको निम्ति क्रान्तिकारीहरूले विदेशी साम्राज्यवादीहरूलगायत प्रतिक्रियावादीहरू तथा देशभित्रका पदच्युत्त शोषकहरूविरुद्ध मात्र होइन, पार्टीको नेतृत्वभित्र समाजवादी मुकुन्डो लगाएका पुँजीवादी–बाटो लिएकाहरूविरुद्ध पनि कडा सङ्घर्ष गर्नुपर्दछ । यो आशय झल्काएर सन् १९६५ को जनवरीमै ‘ग्रामीण क्षेत्रमा समाजवादी शिक्षा आन्दोलनमा देखापरेका केही विद्यमान समस्याहरू’ भन्ने दस्तावेजमा कामरेड माओले लेख्न लगाउनुभयो – ‘‘वर्तमान आन्दोलनको मूल तारो नै पार्टी्भित्र आधिकारिक पदमा रही पँुजीवादी बाटो लिइरहेका मानिसहरू हुन् ।” अनि सेप्टेम्बर सन् १९६५ मा पार्टी केन्द्रीय समितिको सम्मेलन भइरहेको बेला पोलिटव्युरोको प्लेनम बैठकमा कामरेड माओले प्रश्न गर्नुभयो, ‘‘केन्द्रीय समितिभित्र संशोधनवाद देखाप¥यो भने के गर्ने ? आजको सबभन्दा ठूलो खतरा यही हो ।’’ जब चिनियाँ पार्टीमा पनि नेतृत्व वर्गको शीर्षस्थ पदहरूमा पुँजीवादी विचारका मानिसहरू पुगे र सोभियत सङ्घमा झैँ उनीहरूले पार्टी कब्जा गर्ने खतरा आयो, अनि उहाँले पार्टी हेडक्वार्टर अर्थात् पार्टी केन्द्रीय समितिको नेतृत्वविरुद्ध विद्रोह गर्न जनतालाई आह्वान गर्नुभयो । देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले यसलाई पार्टी नेतृत्वकै विरुद्ध जनतालाई
(खासगरी युवा र विद्यार्थीहरूलाई) ‘‘उक्साएर लडहबाजी गरेको’’ भन्ने आरोप लगाई चिनियाँ सांस्कृतिक क्रान्तिमा लालरक्षकहरूले पार्टीको पुँजीवादी नेतृत्वविरुद्ध गरेको विद्रोहलाई ‘‘ऐतिहासिक स्मारकहरू भत्काउने र प्राज्ञिक क्षेत्रका हस्तीहरूलाई यातना दिने आन्दोलन’’ भनी बदनाम गरे । रुसमा महान् अक्टोबर बोल्शेविक क्रान्ति हुँदा लेनिनलाई पनि उनीहरूले ‘‘संस्कृतिका दुश्मन र सांस्कृतिक सम्पदा विध्वंस गर्ने असभ्य र बर्बर’’ भनी गाली गरेका थिए । वास्तवमा कम्युनिष्टहरू सांस्कृतिक परम्पराका उज्ज्वल तथा जनपक्षीय कुरालाई संरक्षण गर्न र जनविरोधी प्रतिक्रियावादी कुहेको परम्परामात्र फाल्न खोज्दछन् ।
चीनको सर्वहारा सांस्कृतिक क्रान्तिमा लालरक्षकहरूद्वारा केही उग्र एवम् गलत वा ध्वंसात्मक कार्य पनि हुन गएका छन् । अझ सांस्कृतिक क्रान्तिको सञ्चालन सम्हालेका छद्मभेषमा रहेका प्रतिक्रियावादीहरूले सांस्कृतिक क्रान्तिलाई नै बदनाम गर्न नराम्रो र ध्वंसात्मक कार्य्तिर पनि नउक्साएका होइनन् । तर, सांस्कृतिक क्रान्तिको मूल उद्देश्य र सिद्धान्ततिर विचार गर्दा पार्टी नेतृत्वको विरोध गर्न अझ विद्रोह गर्नु अराजक कार्य होइन, समाजवादी क्रान्तिकारी व्यवस्थामा सार्वभौम श्रमिक जनता हुन्, सर्वहारावर्ग हो । सर्वहारावर्गको अधिनायकत्वको अर्थ सर्वहारा पार्टीको अधिनायकत्व होइन । सर्वहारावर्गको अधिनायकत्वको नाममा पार्टीले अनि पार्टीको नाममा केन्द्रीय सदस्यले, पोलिटब्युरोले र हुँदाहुँदा केही नेताको अधिनायकत्व चल्नु क्रान्तिकारी परम्परा होइन, संशोधनवाद हो । पार्टीको निम्ति जनता होइन, जनताको निम्ति पार्टी हो । पार्टीको गलत नेतृत्वविरुद्ध श्रमिक जनतालाई आह्वान गर्ने कार्य कामरेड माओको सर्वहारा–वर्गप्रति बफादारी थियो ।
माथि भनेझैँ समाजवादी निर्माण लामो क्रान्तिकारी–प्रक्रिया हो । जो समाजको सम्पूर्ण जीवन वा भौतिक र भावनात्मक जीवन दुवैलाई बदल्ने प्रक्रिया हो । यो प्रक्रियाको एक अभिन्न अङ्ग समाजवादी क्रान्तिकै एक आङ्गिक अंशरूपी सांस्कृतिक क्रान्ति पूरा गर्ने हो । माक्र्सवाद – लेनिनवादका प्रवर्तकहरूले पनि नयाँ समाज, समाजवादी समाज र साम्यवादी समाज निर्माण गर्न सांस्कृतिक क्रान्तिलाई अनिवार्य ठानेका थिए । महान् लेनिनले पनि ‘‘पुँजीवादी शासकलाई फालेर सर्वहारा अधिनायकत्व स्थापना हुँदैमा वर्गसङ्घर्ष ‘बिलाउँदैन’ बरु यसले रूप बदलेर झन् भयङ्कर स्वरूप लिन्छ” भन्नुभएको थियो । चिनियाँ जनताको सङ्घर्ष, चीनको परिस्थितिको यथार्थ र विश्व सर्वहारा आन्दोलनको सकारात्मक एवम् नकारात्मक अनुभवको आधारमा कामरेड माओ त्से तुङले ‘‘पुँजीवादी कार्य्दिशाविरुद्ध सर्वहारा क्रान्तिकारी कार्य्दिशाले चलाउने तीव्र वर्गसङ्घर्षको रूपमा” महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्तुत गर्नुभएको थियो । कार्यान्वयन पक्षमा कहीँकतै केही ज्यादती र विकृति देखा परे पनि सैद्धान्तिक दृष्टिले सांस्कृतिक क्रान्ति एक क्रान्तिकारी कार्य्दिशा थियो र संशोधनवादलाई उठ्न नदिने एक अनिवार्य कदम थियो ।
चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सबभन्दा महत्वपूर्ण पक्ष के थियो ? यसले कोटी–कोटी श्रमिक जनतालाई जगायो, कार्यक्षेत्रमा उता¥यो, युवा–पुस्तालाई क्रान्तिको पाइन हाल्ने काम ग¥यो । पार्टीको नेतृत्वदायी पदमा पुगेका दुई–चार व्यक्तिलाई बर्खास्तमात्र गर्न नखोजी आम श्रमिक जनतालाई जगाएर उनीहरूको विद्रोहद्वारा हटाउने काम ग¥यो । चीनजस्तो परम्परावादी कट्टर अनुदार समाजका नयाँ पुस्ता वा युवा विद्यार्थीहरूमा क्रान्तिकारी सजगता भर्ने यो कार्यले गर्दा सांस्कृतिक क्रान्तिले करोडौँ मानिसहरूलाई क्रान्तिकारीको रूपमा हुर्काएर भोलिको ‘साम्यवादी समाजको निर्माता’ का रूपमा तयार गर्ने महान् स्कूल (पाठशाला) को काम ग¥यो ।
सांस्कृतिक क्रान्तिको सारभूत महत्व यसको सारभूत सिद्धान्त, अडान र कार्य दिशामा छ । यसका सहभागीहरूले गरेका गल्ती र कसै–कसैको बदमासीलाई लिएर यसको मूल्याङ्कन गर्नुहुँदैन । सन् १९६६ मा चीनमा सुरु गरिएको सांस्कृतिक क्रान्तिले आफ्नो लक्ष्य पूरा गर्न सकेन, त्यो अर्कै कुरो हो । समाजवादी व्यवस्थामा साम्यवादी समाजको निर्माणतर्फ लाग्ने तयारीको लागि यस्ता सांस्कृतिक क्रान्तिहरूको उपयोगिता र अनिवार्यतालाई भने नकार्न सकिँदैन ।
स्रोतः हाम्रो नौलो आयाम


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button