यूएईमा बस दुर्घटना,, ३ नेपालीको ज्यान गयो १४ घाईते



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
यूएईको आबुधाबी स्थित एमबीएम कम्पनीमा कार्यरत नेपालीको बिहीबार काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना हँुदा
६ जनाको ज्यान गएको मध्ये ३ जना नेपालीे रहेको खुलेको छ । दुर्घटनामा अन्य १४ नेपाली घाइते भएका छन् ।


ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेका छन् ।

घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन। बसमा २३ महिला यात्रा गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button