पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको फैसला गैरकानुनी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रोहको आरोपमा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलार्इ मृत्युदण्डको फैसला सुनाएको गैरकानुनी ठहरिएको छ।
सोमबार लाहोरको उच्च अदालतको पूर्ण इजालसले विशेष अदालतको फैसलालाई गैरकानुनी भएको ठहर गरिदिएको हो।
मुसर्रफले विशेष अदालतको फैसला न्यायोचित नभएको बताएका थिए ।
यस फैसलासँगै अब मुसर्रफलाई मृत्युदण्ड नहुने भएको छ।


मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाउने बेला विशेष अदालतले कानुनी प्रक्रिया पुरा नगरेको, कसैसँग परामर्श नगरेको तथा अनुमति नलिएको उच्च अदालतले बताएको छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button