कासिम सुलेमानीः शवयात्रामा ठूलो सङ्ख्यामा सहभागिता



इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा शुक्रवार मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ।


सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए र इरानले उनको हत्याको ‘कडा बदला’ लिने प्रतिज्ञा गरेको छ।

शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो।

सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ।

अन्तिम संस्कार

उनको शवलाई इरान लगिनेछ र उनको गृहनगर केरमानमा मङ्गलवार अन्तिम संस्कार गरिने बताइएको छ।

शोकतस्वीर कपीराइटAFP
Image captionशोकमग्न मानिसहरू

उक्त भिड बगदादमा मारिएका अबु महदी अल-मुहन्दीसको निधनको पनि शोक मनाउन जम्मा भएको थियो।

मुहन्दीसले इरानी समर्थन रहेको कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे र इरानसँग मिलेका मिलिशिया समूहहरूको छाता समूहको पनि नेतृत्व गर्थे।

शोकमग्न मानिसहरू बगदादमा शवयात्रा शुरू हुनुअगावै बिहानैदेखि जम्मा हुन थालेका थिए।

उनीहरूले इराकी र मिलिशियाका झण्डा फहराउँदै “अमेरिका मुर्दाबाद” को नारा लगाएका थिए।

सुलेमानी अहिले किन मारिए र अब के हुन्छ

ट्रम्प भन्छन्, ‘युद्ध टार्नका लागि’ कासिम सुलेमानीमाथि आक्रमण

शवयात्रामा सहभागीहरूले सुलेमानीको र कैयौँले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।

केही इराकीहरूले बगदादमा सुलेमानीको हत्यापछि खुसियाली मनाउँदै प्रदर्शन गरेका विवरण पनि आएका थिए।

कासिम मारिएको विरोधमा तेहरानमा जुलुसतस्वीर कपीराइटGETTY IMAGES
Image captionकासिम मारिएको विरोधमा तेहरानमा जुलुस

हालैका महिनामा इराकमा गरिएका शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने योजना बुनेको सुलेमानीमाथि आरोप थियो।

कासिम सुलेमानी को थिए?

कासिम सुलेमानीतस्वीर कपीराइटGETTY IMAGES
Image captionकासिम सुलेमानी

६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे।

इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

अमेरिकी आक्रमणमा सेनाको जनरल मारिएपछि इरानद्वारा बदलाको चेतावनी

इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि ट्रम्पले दिए इरानलाई धम्की

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।  बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button